नेभिगेशन
अर्थतन्त्र

‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्नेछ ।
अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकैपटकको खरिदमा न्यूनतम १ हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरू नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्