नेभिगेशन
अर्थतन्त्र

स्वरोजगार प्रवर्धनका लागि सिलाइ मेसिन प्रदान

काठमाडौं । ज्योति विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का सिलाइसम्बन्ीध तालिम लिएका नागरिकलाई मेसिनहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’मार्फत सिलाइ मेसिन प्रदान गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका स्थानीय निकायसँगको सहकार्यमा सम्पन्न उक्त पहलअन्तर्गत सिलाईसम्बन्धी ज्ञान, सीप तथा तालिम प्राप्त लक्षित तथा विपन्न वर्गका व्यक्तिहरूलाई मेसिन प्रदान गरिएको छ । परम्परागत सीप र कलालाई व्यावसायिक रूपमा उपयोग गर्न सहयोग पु¥याउने उद्देश्यका साथ सहयोग गरेको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई समुदायको आवश्यकता, समावेशी विकास र दिगो सामाजिक प्रभावसँग जोड्दै आएको छ । शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधार, वातावरण संरक्षण तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्