नेभिगेशन
मनोरञ्जन

हरिदेवीले ल्याइन् ‘मायाको भूगोल’

वरिष्ठ लोक गायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ आज पोखरामा लोकार्पण गरिएको छ ।
    एक समारोहका बीच उक्त सङ्ग्रहको लोकार्पण गरिएको हो । उक्त अवसरमा बाग्लुङका वरिष्ठ साहित्यकार काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२ द्वारा सम्मान गरिएको थियो । साहित्यकार रोशनलाई नगद रु २५ हजार, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो । 
    पाँच दशकदेखि साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशील काजी रोशनका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । सम्मानसँगै उनले पुरस्कारबाट प्राप्त रकम लोक गायिका हरिदेवी कोइरालाका नाममा पुरस्कार स्थापना गर्न कोष खडा गर्ने घोषणा गरिन् । कृति समीक्षा गर्दै प्रा डा जगन्नाथ रेग्मीले कोइरालाका रचना सरल र मार्मिक रहेको बताए । 
    साहित्यकार असफल गौतमले साहित्यिक तथा लोक संस्कृतिको क्षेत्रमा हरिदेवी कोइरालाले पु–याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै राज्यबाट जति सम्मान हुनुपर्ने हो, त्यो नभएको गुनासो गरे । साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठले बाग्लुङ जिल्लामा रहेर पनि साहित्य क्षेत्रमा काजी रोशनले पु–याएको योगदानको चर्चा गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन