नेभिगेशन
फोटो स्टोरी

भक्तपुरमा गाईजात्रा : ‘घिन्ताङघिसी’ नाच्दै नगरपरिक्रमा

भक्तपुरको नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व हर्षोल्लासपूर्वक मनाएका छन् । हरिया बाँसका टुक्रालाई आयताकार आकारमा बाँधी, कपडाले बेरेर, गाई र दिवंगत सदस्यको तस्वीरसहित छाताले ढाकी ‘तहामचा’ नगरपरिक्रमा गराइन्छ ।

परिक्रमा क्रममा प्रस्तुत हुने ‘घिन्ताङघिसी’ नाच पर्वको प्रमुख आकर्षण हो, जसमा बालबालिकादेखि वृद्धसम्म सहभागी भई लठ्ठी ठोक्दै उत्सवको माहोलमा रमाउँछन् ।

यस अवसरमा भक्तपुर नगर क्षेत्रमा उल्लेख्य संख्यामा दर्शकहरूको उपस्थिति रह्यो, जसले सांस्कृतिक विविधता र सामुदायिक एकतालाई थप प्रगाढ बनायो। तस्वीर - नेपाल फोटो लाइब्रेरी 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्