नेभिगेशन
प्रवास

दोहामा नेपाली श्रमिक महिलाका लागि सचेतना कार्यक्रम

काठमाडौं । दोहास्थित नेपाली दूतावासले १०० नेपाली श्रमिक महिलाको सहभागितामा सचेतना कार्यक्रम आयोजना गरेको छ । जेठ २२ गते आयोजित कार्यक्रममा कतारका कानुनी व्यवस्था, नेपालको श्रम कानुन, सामाजिक सुरक्षा, राहदानी तथा कन्सुलर सेवा, बैंकिङ तथा रेमिटेन्स सचेतना, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र योग अभ्याससम्बन्धी जानकारी प्रदान गरिएको छ ।
कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले नेपाली कामदारलाई समस्या परेमा राजदूतावास सधैं सहयोगका लागि तत्पर रहेको बताए । कार्यक्रममा जदूतावास परिवारको पनि उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्