नेभिगेशन
अर्थतन्त्र

बी एण्ड बी टेक ग्रुपद्वारा ‘तिम्रो टिकट’ ई–टिकेटिङ एप सार्वजनिक

काठमाडौं । बी एण्ड बी टेक ग्रुपले नेपालमा डिजिटल टिकटिङ संस्कृतिको विकास गर्ने उद्देश्यसहित ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना नयाँ व्यावसायिक उद्यमहरूको औपचारिक शुभारम्भ गर्दै उक्त एप सार्वजनिक गरेको हो । डा. विकास लाम्साल र इन्जिनियर विमलकुमार केसीद्वारा स्थापित बी एण्ड बी टेकले सन् २०२२ मा ‘बी एण्ड बी टेक ग्रुप’का रूपमा पुनःब्रान्डिङ गर्दै आफ्नो सेवा र कार्यक्षेत्र विस्तार गरेको थियो । प्रविधि अनुसन्धान तथा विकासमा सक्रिय कम्पनीले जापानका प्रतिष्ठित संस्थाहरू काजिमा कर्पोरेसन, एनएआईटी कर्पोरेसन तथा आबिएमसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको जनाएको छ ।
एप सार्वजनिक कार्यक्रममा बी एण्ड बी टेक ग्रुपसँगै बी एण्ड बी टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज तथा हाकिम इन्टरटेन्मेन्टबीचको रणनीतिक सहकार्यको औपचारिक घोषणा पनि गरिएको थियो । प्रविधि, अनुसन्धान, शिक्षा, सीप विकास तथा मनोरञ्जन क्षेत्रलाई एउटै मञ्चमा जोड्दै नेपालमा नवीन अवसर सिर्जना गर्ने लक्ष्यसहित सहकार्य अघि बढाइएको आयोजकले जनाएको छ ।
विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी, सञ्चारकर्मी, कलाकार, युवा उद्यमी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रम पारम्परिक दीप प्रज्वलनबाट सुरु गरिएको थियो । सहभागीहरूले कार्यक्रमले नेपाली युवाका लागि प्रविधि, अनुसन्धान, शिक्षा र सिर्जनात्मक उद्योगबीच सहकार्यका नयाँ सम्भावनाहरू उजागर गरेको बताएका थिए ।
कार्यक्रमको पहिलो सत्र प्रेरणादायी व्यावसायिक यात्रा र अनुभव आदानप्रदानमा केन्द्रित थियो । बी एण्ड बी टेक ग्रुपका अध्यक्ष तथा सह–संस्थापक डा. विकास लाम्सालले नेपालदेखि जापानसम्मको आफ्नो संघर्ष, उपलब्धि तथा अन्तर्राष्ट्रिय अनुभवबारे प्रस्तुति दिँदै अत्याधुनिक प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई नेपालमा भिœयाएर देश विकासमा योगदान पु¥याउने आफ्नो दीर्घकालीन लक्ष्यबारे जानकारी गराए ।
त्यसैगरी, चर्चित नेपाली ¥यापर सुरेन्द्र गुरुङ (हाकिम)ले फेसन मोडलिङदेखि नेपाली हिप–हप संगीत क्षेत्रमा स्थापित कलाकार बन्ने यात्राका अनुभव साझा गर्दै निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वास सफलताको मुख्य आधार भएको बताए । दोस्रो सत्रमा संस्थागत विस्तार, सहकार्य तथा भावी योजनाबारे प्रस्तुति राखिएको थियो । फिस्टेल एकेडेमी ब्रिजका प्रमुख सञ्चीव अर्यालले नेपालका युवालाई जापानस्तरीय भाषा, सीप तथा व्यावसायिक दक्षतासँग जोड्ने लक्ष्य रहेको बताउँदै शिक्षा, प्रविधि र उद्योगबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको मुख्य आकर्षण बी एण्ड बी टेक ग्रुपद्वारा विकसित ‘तिम्रो टिकट’ ई–टिकेटिङ मोबाइल एपको औपचारिक सार्वजनिकीकरण रह्यो । कम्पनीका फुल–स्ट्याक डेभलपर आश्विन सुनारले एपका विशेषता, प्रयोगकर्ता–मैत्री डिजाइन तथा टिकट व्यवस्थापनलाई डिजिटल, सुरक्षित र सहज बनाउने उद्देश्यबारे विस्तृत जानकारी दिए । उनका अनुसार ‘तिम्रो टिकट’ एपमार्फत विभिन्न कार्यक्रम, सांगीतिक कन्सर्ट, खेलकुद प्रतियोगिता, सांस्कृतिक गतिविधि तथा अन्य सार्वजनिक कार्यक्रमहरूको टिकट खरिद र व्यवस्थापन प्रक्रिया सहज र आधुनिक बन्नेछ । एपले नेपालमा डिजिटल टिकटिङ प्रणालीको विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्