नेभिगेशन
अर्थतन्त्र

इसेवा–आईएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक सेवा–आईएमएसबीचको सहकार्यमा व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक गरिएको छ । नयाँ प्रणालीले व्यवसायीहरूलाई आफ्नै भुक्तानी प्रणालीबाट सिधै बिक्रेता, व्यावसायिक साझेदार तथा अन्य लाभग्राहीलाई सुरक्षित र छिटो भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । यससँगै चेकमा आधारित कारोबार तथा म्यानुअल भुक्तानी प्रक्रियामा निर्भर रहनुपर्ने बाध्यता हट्ने कम्पनीहरूले बताएका छन् ।
डिजिटल प्रणालीमार्फत सबै भुक्तानी प्रक्रिया सञ्चालन गर्न सकिने भएकाले समय बचत, सञ्चालन लागतमा कमी र कारोबारमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ । आईएमएसको इन्टरप्राइज क्षमतासँग इसेवाको डिजिटल भुक्तानी पूर्वाधार एकीकृत भएपछि व्यवसायीहरूलाई एकीकृत कार्यप्रवाहमार्फत वित्तीय व्यवस्थापन गर्न थप सहज हुने बताइएको छ ।
‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ले भुक्तानी प्रक्रियामा नियन्त्रण, पारदर्शिता र दक्षता बढाउने लक्ष्य राखेको छ । यसले व्यवसायीहरूलाई वित्तीय कारोबार व्यवस्थित गर्दै भुक्तानी प्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीहरूको दाबी छ । दुवै संस्थाले यो सहकार्यले नेपालमा संस्थागत डिजिटल रूपान्तरणलाई थप गति दिने र व्यावसायिक भुक्तानी प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्