नेभिगेशन
अर्थतन्त्र

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरु उपलब्ध गराइनेछ ।
आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयहरुमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरुको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्