नेभिगेशन
अर्थतन्त्र

राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि आवश्यक पाइप सहयोग गरेको छ । बैंकको बेनी शाखामार्फत अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि एचडीपीई पाइप हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य चौकीले वडा नं. १ र २ का ४ हजार ३ सयभन्दा बढी स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै, यहाँ सञ्चालित २४ घण्टे प्रसूति सेवा केन्द्रले ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सेवा दिँदै आएको छ । स्वास्थ्य चौकीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। यसबाट मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल बैंकले देशभर २०० शाखामार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्