नेभिगेशन
अर्थतन्त्र

नेपालको यातायात क्षेत्रमा योगदानका लागि फोटोनलाई सम्मान

काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोन ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’ बाट सम्मानित भएको छ । फोटोनलाई नेपालमा आधुनिक प्रविधि, सुरक्षित तथा वातावरणमैत्री यातायात समाधानमार्फत योगदान पु¥याएबापत त्यसको कदर गर्दै सम्मान गरिएको हो । नेपालमा फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले काठमाडौंमा आयोजित एक समारोहमा सम्मान ग्रहण गरे । कम्पनीका अनुसार यो सम्मानले नेपालको व्यावसायिक यातायात क्षेत्रमा फोटोनले बनाएको प्रभाव तथा स्वच्छ, हरित र प्रभावकारी यातायात प्रणाली विकासप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ । 
हालसम्म नेपालभर दुई हजारभन्दा बढी फोटोनका सवारीसाधन सञ्चालनमा आइसकेका छन् । ट्रक, भ्यान तथा विद्युतीय व्यावसायिक सवारीसाधनमार्फत कम्पनीले ढुवानी तथा यातायात सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । साथै, दिगो यातायात विकाससम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्तिमा पनि फोटोनले सहयोग पु¥याउँदै आएको कम्पनीको दाबी छ । यस अवार्डमार्फत विद्युतीय सवारी प्रवद्र्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन तथा नेपालको यातायात पूर्वाधारसँग मेल खाने आधुनिक व्यावसायिक सवारीसाधन प्रविधि भित्र्याउन फोटोनले खेलेको भूमिकाको कदर गरिएको जनाइएको छ । सम्मान प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत बरालले नेपालमा विश्वस्तरीय व्यावसायिक यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धता अझ सुदृढ भएको बताए । उनले भरपर्दो सवारीसाधन, नवीन प्रविधि, प्रभावकारी बिक्रीपछिको सेवा तथा दिगो यातायात समाधानमार्फत देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको उल्लेख गरे । विश्वव्यापी रूपमा फोटोन नवीनता, विश्वसनीयता तथा स्मार्ट यातायात समाधानका लागि परिचित ब्रान्ड हो । कम्पनीले विद्युतीय सवारी, बुद्धिमान् चालक सहायक प्रणाली तथा ऊर्जा–दक्ष यातायात प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ । गुणस्तर, टिकाउपन र उच्च कार्यसम्पादन क्षमताका कारण फोटोनले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो पहिचान बनाएको छ । नेपालमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले फोटोन ब्रान्डको आधिकारिक प्रतिनिधित्व गर्दै आएको छ । कम्पनीले देशभर बिक्री केन्द्र, सेवा केन्द्र तथा जगेडा पुर्जाको सञ्जाल विस्तार गरेको जनाएको छ । साथै, नेपालभर २०० भन्दा बढी द्रुत विद्युतीय चार्जिङ केन्द्र स्थापना गरी विद्युतीय सवारी प्रयोगकर्तालाई सहज सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार सुदृढ सेवा सञ्जाल, उपलब्ध जगेडा पुर्जा, व्यावसायिक प्राविधिक सेवा र चार्जिङ पूर्वाधारमार्फत ग्राहकलाई देशभर सहज सुविधा प्रदान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्