नेभिगेशन
अर्थतन्त्र

ग्यारेज समुदायसँग सम्बन्ध सुदृढ गर्दै लक्ष्मी लुब आयल

काठमाडौं । समय बदलियो, बाटो बदलियो, सवारीसाधन बदलिए । तर, मानिसहरूलाई जोड्ने चौतारीको भावना भने अझै उस्तै छ । यही आत्मीयता, अनुभव आदान–प्रदान र सम्बन्ध सुदृढीकरणको उद्देश्यसहित लक्ष्मी लुब आयल प्रालिले ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गर्दै आएको छ । नेपालको परम्परागत पिपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्ने र सम्बन्धलाई मजबुत बनाउने काम गथ्र्यो, त्यसैको आधुनिक स्वरूपका रूपमा ग्यारेज चौतारी अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी, मेकानिक तथा अटोमोबाइल क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई एउटै चौतारीमा जोड्दै अनुभव, ज्ञान तथा व्यवसायिक अवसरबारे छलफल गर्ने वातावरण निर्माण गरिएको छ । अभियानअन्तर्गत मे महिनामा जनकपुरस्थित ओम अटो पार्ट, बुटवलस्थित विजय अटो वर्कशप, टिकापुरस्थित सेती मोटरसाइकल वर्कशप, पोखरास्थित निहाल अटो इन्जिनियरिङ तथा थ्री ब्रदर्स अटो इन्जिनियरिङ वर्कशप र काठमाडौंस्थित प्रकाश न्यू जेनेरेसनमा ग्यारेज चौतारी कार्यक्रम गरिएको थियो । त्यसैगरी, जुन महिनामा पोखरा–८, नयाँबजारस्थित क्रिस्टिना एसे अटो पाट्र्स, नुवाकोटस्थित पञ्चकन्या स्पेयर पाट्र्स, काठमाडौंको पुतलीसडकस्थित पीएम अटोमोबाइल्स तथा पोखरा अमरसिंहचोकस्थित एडभान्स अटो वर्कशपमा कार्यक्रम आयोजना गरिएको छ । हालसम्म नेपालका विभिन्न स्थानमा १० भन्दा बढी ग्यारेज चौतारी कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् । कार्यक्रममा ग्यारेज सञ्चालक तथा मेकानिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया, प्राविधिक जानकारी आदान–प्रदान, व्यवसायिक अनुभव साझेदारी तथा सम्बन्ध विस्तारका गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । लक्ष्मी लुब आयलले ग्यारेज चौतारीलाई केवल एक कार्यक्रम नभई देशभरका अटोमोबाइल व्यवसायीलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ । कम्पनीले आगामी दिनमा नेपालका हरेक शहर, गाउँ तथा टोलसम्म यो अभियान विस्तार गर्ने लक्ष्य लिएको छ । वर्षभर सञ्चालन हुने यस अभियानमार्फत देशको ग्यारेज समुदायसँग अझ नजिकिँदै चौतारीको आत्मीय संस्कृतिलाई आधुनिक अटोमोबाइल क्षेत्रमा जीवित राख्ने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्