नेभिगेशन
अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थाका सीईओको तलब–भत्तासम्बन्धी नयाँ मार्गदर्शन जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३’ जारी गरेको हो । मार्गदर्शन जारी गरी लागु गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार उक्त मार्गदर्शन ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनी तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई समेटेर तयार गरिएको हो । मार्गदर्शनमा इजाजत प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा नै वार्षिक तलब, भत्ता तथा अन्य सुविधा स्पष्ट रूपमा सम्झौतापत्रमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार वित्तीय संस्थामा पारदर्शिता, उत्तरदायित्व र एकरूपता कायम गर्ने उद्देश्यले यस्तो मार्गदर्शन जारी गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्