नेभिगेशन
अर्थतन्त्र

नेपालमा टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु स्कुटर सार्वजनिक गरेको छ । युवापुस्तामाझ लोकप्रिय एनटर्क शृंखलामा थपिएको यो नयाँ रङ संस्करणले स्कुटरलाई अझ आकर्षक, खेलकुदमय र बोल्ड बनाएको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेषगरी शैली, प्रदर्शन र दैनिक प्रयोगलाई एकैसाथ खोज्ने युवा राइडरलाई लक्षित गरी तयार गरिएको स्कुटर भएको कम्पनीले जनाएको छ । यसको आकर्षक ब्लेज ब्लु रङ, खेलकुदमय ग्राफिक्स, धारिलो डिजाइन र दमदार लुक्स यसको प्रमुख आकर्षण रहेका छन् । टीभीएस एनटर्क १२५ रेस एक्सपीले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, शक्तिशाली प्रदर्शन र टीभीएस रेसिङ डिएनएका कारण युवामाझ विशेष पहिचान बनाउँदै आएको छ । नयाँ ब्लेज ब्लु संस्करणले यस पहिचानलाई अझ सुदृढ बनाउँदै स्कुटरलाई थप आकर्षक र ऊर्जा–पूर्ण बनाएको कम्पनीले जनाएको छ । यस स्कुटरले ५० किलोमिटर प्रतिलिटरसम्मको परीक्षण गरिएको माइलेज र आजीवन वारेन्टीको सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । यी सुविधाले ग्राहकलाई प्रदर्शनसँगै विश्वसनीयता र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टीभीएस एनटर्कले सधैं प्रदर्शन, प्रविधि र आकर्षक शैली खोज्ने युवासँग बलियो सम्बन्ध कायम राख्दै आएको बताए । उनले नयाँ ब्लेज ब्लु संस्करणमार्फत एनटर्कको पहिचानलाई अझ नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै आफ्नो सवारीमार्फत फरक देखिन चाहने राइडरका लागि यो संस्करण आकर्षक हुने विश्वास व्यक्त गरे । उनले यो कार्यक्रम केवल नयाँ रङ संस्करण सार्वजनिक गर्ने अवसर मात्र नभई टीभीएस एनटर्कको रेसिङ भावना, युवा ऊर्जा र आधुनिक स्कुटर अनुभवलाई प्रस्तुत गर्ने माध्यम पनि भएको बताए । जगदम्बा मोटर्सले नेपाली ग्राहकको आवश्यकताअनुसार शैली, प्रविधि र प्रदर्शनमा आधारित आधुनिक दुईपांग्रे सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले टीभीएस ब्रान्डमार्फत देशभरका ग्राहकलाई मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ । नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु देशभरका टीभीएसका आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले नजिकको शोरुममा गई स्कुटरका विशेषता, मूल्य तथा उपलब्धताबारे थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्