नेभिगेशन
फोटो स्टोरी

परिवारका साथ वालेन्द्र शाह

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह छोरी बोकेर आइतबार परिवारका साथमा भरतपुर विमानस्थलमा । आफ्नो पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा चितवन आएका उनी कालिकानगर–९ शक्तिखोरको लटौली सेन्चुरी रिसोर्टमा बसेका छन् । उनका लागि रिर्सोटका पुरै बुकिङ गरिएको जनाउँदै सुरक्षाकर्मीले अन्यको आवागमन रोकेका छन् । रिर्सोट हालैमात्र निर्माण सकेर सञ्चालनमा आएको हो । रास्वपाको महाधिवेशनका कारण चितवनका सबैजसो पर्यटकीय होटल रिर्साटहरु भरिएका छन् । देशभरबाट आएका पार्टी प्रतिनिधि, पर्यवेक्षकले भरतपुर, सौराहा, मेघौलीका विभिन्न होटल, रिर्सोटमा कोठा बुकिङ गरेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
जन्मदर्ता गराउन आएका आमाहरु

जन्मदर्ता गराउन आएका आमाहरु

सुरुङ निर्माण गरिँदै

सुरुङ निर्माण गरिँदै

ग्याँस बोकेका सवारी साधन

ग्याँस बोकेका सवारी साधन