नेभिगेशन
साहित्य

‘साहित्यलाई गोकर्णेश्वरको उच्च प्राथमिकता’

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘भैरव अर्याल उर्फ हास्यव्यङ्ग्य’ को आइतबार राजधानीमा लोर्कापण गरिएको छ । 
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले साहित्यको विकासबाट मात्र सभ्य समाजको निर्माण गर्न सकिने भन्दै गोकर्णेश्वर नगरपालिकाले साहित्यलाई उच्च प्राथमिकता दिँदै आएको बताए । अन्य पालिकाहरूले समेत साहित्यको विकासका लागि गोकर्णेश्वर नगरपालिकाको सिको गर्न थालेकोमा आफूलाई गर्वबोध भएको उनले बताए । 
विमोचित कृतिको समीक्षा गर्दै साहित्यकार कालिकाप्रसाद तिमल्सिनाले लोर्कापित कृतिले भैरव अर्याललाई अझ जीवन्त बनाएको बताए । अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेले लगायतले हास्यव्यङ्ग्य साहित्यमा भैरव अर्यालको नाम अजर अमर रहेको धारणा राखे । प्रतिष्ठानका उपाध्यक्ष डा. विदुला घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार देविका तिमिल्सिनाले भैरव अर्यालको स्मृतिमा महŒवपूर्ण ग्रन्थ तयार पारी प्रतिष्ठानले महत्वपूर्ण कार्य गरेको टिप्पणी गरिन् । लोर्कापित कृतिमा कञ्चन पुडासैनी, रोचक घिमिरे, मधुवन पौडेल, रामकुमार पाँडे, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, निर्मल अर्याल लगायतका स्रष्टाहरूको रचना समाविष्ट छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्