नक्कली कलाकारको डर – एआईले खोस्ला कि जागीर !
स्कटल्याण्डको राजधानी एडिनबर्गको वार्षिक कला महोत्सवमा एकान्त ठाउँ खोज्दै ब्याकस्टेज बारमा डेनिस एलनले सोडाको गिलास उठाए । नजिकैको कुर्सीतिर नजर लगाए र बसे अनि लामो सास फेरे । उनले यूरोपभरि अमेरिकी राष्ट्रपतिको नक्कल गरेर दैनिकी गुजारिरहेका छन् । यो काम निकै थकाइलाग्दो काम हो ।
“यो गाह्रो छ, म झूट बोल्न सक्दिनँ,“ उनले आफ्नो रातो मागा (मेक अमेरिका ग्रेट अगेन) टोपी मिलाउँदै भने । उनको ठीक अगाडि बसेकी एलिसन ज्याक्सन थिइन् । ज्याक्सनले उनलाई भाडामा ल्याएकी थिइन् । ज्याक्सनलाई थाहा छ, यी नक्कली कलाकार हुन् तर पनि यिनीहरूप्रति दर्शकको निकै कडा मोह छ ।
“कहिलेकाहीँ युवतीहरू उनीछेउ जान्छन् र चुम्बन लिन चाहन्छन्, वा कहिलेकाहीँ त अलि बढी नै खोज्छन्,” ज्याक्सनले भनिन् । डेनिस एलन ७४ वर्षका भए । उनी शिकागोका हुन् । कार्यक्रममा भाग लिन उनी अमेरिकाबाट उडेर यूरोपका विभिन्न भागमा पुग्ने गर्छन् ।
अहिले उनको ठूलो माग भएकाले उनको व्यस्तता राम्रै छ तर उनी थकाइलाग्दो अवस्थामा छन् । उनी मात्र होइन, अस्ट्रेलियाका हावर्ड एक्सले उत्तर कोरियाली किम जोन उनको नक्कल गरिरहेका छन् । उनको पनि राम्रै कमाइ हुन्छ ।
तर पछिल्लो समय एआईको बढ्दो प्रयोगले उनीहरूजस्ता नक्कली कलाकारको औचित्य सकिने पो हो कि भन्ने चिन्ता बढाइदिएको छ । पहिलो पटक कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपमा सिर्जना गरिएका डिप फेक (गहन नक्कल) राजनीति नै प्रयोग गरिएको थियो । त्यो बेला बाराक ओबामालाई प्रयोग गरिएको थियो ।
प्रायः राजनीतिक व्यंग्यका लागि यस्ता नक्कलहरू प्रयोग गरिइन्थ्यो । नक्कली किम जोङ उन (हावर्ड एक्स) भन्छन्, ’मलाई लाग्छ, सबै नक्कली कलाकार र नक्कल गर्नेहरूको काम अर्को दशकमा फिल्महरूबाट गायब हुनेछन् । हामीजस्ता नक्कली कलाकारको गन्ती
सक्किइसकेको छ ।’
प्रविधिको प्रगतिले नक्कल गर्नेहरूको भाउ घटिरहेको छ । उनीहरू यसमा चिन्तित पनि छन् । अब कसरी आम्दानी गर्ने भन्ने चिन्तामा उनीहरू छन् । नक्कली डोनाल्ड ट्रम्प (एलन) ले हालै “साउथ पार्क“ को एपिसोडमा काम गरेका थिए । उनी सर्वाङ्ग नाङ्गो भएर अभिनय गरेका थिए । उनको व्यस्ततामा उनी खुशी हुनुपर्ने हो तर भविष्य अन्धकार देखिरहेका छन् ।
साउथ पार्क शृंखलामा आफैँलाई देखेर दंग परेका उनले भने, ’शुरुमा म खुसी थिएँ किनभने दर्शकले म वास्तविक कलाकार नभई एआईबाट बनेको होला भनेर झुक्किए । मलाई लाग्यो, अहो, म पनि दर्शक नै झुक्किने गरी अभिनय गर्न सक्दो रहेछु तर पछि खिन्न भएँ किनभने अब त वास्तविक मान्छेले अभिनय गर्यो भने पनि मान्छेले एआई ठान्दारहेछन् ।’
तर नक्कली पुटिन बनेर सार्वजनिक थलोमा उभिने कलाकार स्लाओमिर सोबाला पोल्यान्डका टेलिभिजन तथा नाटकहरूमा धेरै पटक देखा परिसकेका छन् । उनी आफू पुटिन बन्नु पर्दा कहिले खुशी हुन्छन्, कहिले दुःखी । खुशी यस कारणले हुन्छन् कि उनको उपस्थितिलाई धेरैले रमाइलो मान्छन् । दुःख यस कारणले कि, पुटिनका कारण धेरैले दुःख पाएका छन् । उनको अनुहारको ब्याज आफूले खाइरहनु परेको छ ।
उनी गत महिना रिलिज भएको फिल्म “पुटिन“मा अभिनय गरेका थिए । उनी शुरूमा आफू पुटिनजस्तै देखिन खूब मिहिनेत गर्थे । सामाजिक सञ्जालमा आफूलाई नक्कली पुटिन बनाएर उनी बढेका थिए । त्यही कारणले उनले यो फिल्ममा अभिनय पनि गर्न पाए ।
उनलाई नचिन्ने कतिले त एआईबाट बनाइएको हो कि पनि भनेका थिए । तर अहिले विश्वस्त छन्, ’एआई पर्याप्त उन्नत छैन, कम्तिमा अझै छैन । अहिले पनि नक्कली कलाकार नै चाहिन्छ । र, त्यसको मौका हामीजस्ता कलाकारले कहिलेकाहीँ पाउँछौँ ।’ ’एआईले अझै पनि कयौँ कामहरू गर्न सक्दैन, त्यसैले मान्छे नै चाहिन्छ,’ हलिउडका कलाकार लियोनार्डो डिक्याप्रियोको नक्कल गर्ने बेन कोर्निशको भनाइ छ ।
“मलाई लाग्छ, उपयुक्त प्रतिकृति (नक्कल) वा पश्चिमी विश्व प्रकारको एन्ड्रोइडले पार्टीमा जान र मानिसहरूलाई मनोरञ्जन दिन कम्तिमा १० वा २० वर्ष बाँकी छ, जसले गर्दा उनीहरूलाई लियोको उपस्थितिमा रहेको धारणा आउँछ,” उनले लस एन्जलसबाट फोनमा भने ।
उनले प्रायः कर्पोरेट संस्थाहरूका लागि कलाकारको भाव भंगिमाका रूपमा उपस्थिति जनाइरहेका हुन्छन् । हालैका दिनमा एलेन (नक्कली ट्रम्प)ले दिनभरि एडिनबर्गका सडकहरूमा हिँडे, आफ्नो रातो टोपी र नेभी सूट लगाएर फोटो खिचाए ।
जब सडकमा हिँड्दै थिए, मान्छेले उनलाई घृणाजन्य प्रतिक्रियासमेत दिए । यो देख्दा एलेन मुस्कुराउँछन् मात्र र कहिलेकाहीँ हात हल्लाएर अभिवादन गर्छन् ।