नेभिगेशन
उपत्यका

जेनजी आन्दोलनका सहिदका सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली

काठमाडौं, २६ भदौ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा महाराजगन्जमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ । मृतकका आफन्त र सहयोगीहरू सहभागी सो कार्यक्रममा वातावरण निकै भावुक बनेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको छ । विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ३२१ जना अझै पनि भर्ना छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयको विवरणअनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल तथा बीएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

GenZ-Condolance5-1757604077.jpeg

GenZ-Condolance4-1757604075.jpeg

GenZ-Condolance3-1757604073.jpeg

GenZ-Condolance13-1757604071.jpeg

GenZ-Condolance12-1757604069.jpeg

GenZ-Condolance11-1757604066.jpeg

GenZ-Condolance10-1757604064.jpeg

GenZ-Condolance9-1757604062.jpeg

GenZ-Condolance8-1757604060.jpeg

GenZ-Condolance7-1757604058.jpeg

GenZ-Condolance6-1757604056.jpeg

GenZ-Condolance1-1757602470.jpeg

GenZ-Condolance2-1757602456.jpeg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्