नेभिगेशन
राजनीति

रास्वपा केन्द्रीय सदस्यमा असिम साह र बख्तियार अलिबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला मुस्लिम क्लस्टर) पदका लागि असिम साह र बखतियार अलिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रधानमन्त्रीका सल्लाहकारको भूमिकामा रहेका असिम साह र मधेशमा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका खेलेका बखतियार अलिको नाम प्रतिनिधिहरूमाझ चर्चामा रहेको छ।

दुई दशकभन्दा लामो पत्रकारिता अनुभव बोकेका अलिप्रति अधिवेशन प्रतिनिधिहरूको आकर्षण बढ्दै गएको बताइन्छ भने साह पनि प्रभावशाली उम्मेदवारका रूपमा हेरिएका छन् । खुला मुस्लिम क्लस्टरतर्फ मुख्य प्रतिस्पर्धा यी दुई उम्मेदवारबीच नै हुने मतदाताहरूको अनुमान छ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि प्रारम्भिक रूपमा ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएकामा अन्तिम नामावली अनुसार ३ सय ८४ जना उम्मेदवार चुनावी मैदानमा रहेका निर्वाचन समितिले जनाएको छ। जम्मा ९९ सय केन्द्रीय सदस्य पदका लागि ३ सय ८४ जनाले मनाेनयन पत्र दर्ता गराएकाे छ । आज राती साढे ८ बजे देखि मतदान शुरू हुने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्