नेभिगेशन
अर्थतन्त्र

मिर्चैयामा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम सञ्चालनमा

काठमाडौं । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले नयाँ शोरुम विस्तार गरेको हो । प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीपकुमार झाको प्रमुख आतिथ्यमा आयोजित समारोहबीच शोरुमको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्राइम टायल्सका क्षेत्रीय बिक्री प्रमुख विकास सिन्हा, राकेश शाह लगायतको टोलीले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए । बढ्दो शहरीकरण तथा आवासीय एवं व्यावसायिक भवन निर्माण गतिविधिलाई ध्यानमा राख्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरमा रहेको प्राइम टायल्सको अत्याधुनिक उत्पादन उद्योगले वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्दै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च गुणस्तरीय टायल्स उत्पादन गर्दै आएको र हालै नेपाल सरकारबाट प्रदान गरिने नेपाल गुणस्तर प्रमाण चिन्ह ६१७ समेत प्राप्त गरेको जनाएको छ । नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर र फिनिसिङका सयौँ प्रकारका टायल्स उपलब्ध छन् । ग्राहकहरूले आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि आवश्यक फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका विकल्प एउटै स्थानबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्