नेभिगेशन
साहित्य

तपोवनमा ‘अष्टावक्र महागीतामृत’

नागार्जुनस्थित ओशो तपोवनमा बुधबार आयोजित समारोहमा अध्यात्म तथा अद्वैत वेदान्त दर्शनमा आधारित ‘अष्टावक्र महागीतामृत’ कृतिको लोकार्पण गरिएको छ ।  साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित उक्त कृति साझा प्रकाशनले प्रकाशित गरेको हो । 

दीप प्रज्ज्वलन र स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी र अनुसिर्जक सुमी लोहनीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए । 

मुख्य वक्ता स्वामी आनन्द अरुणले अष्टावक्र गीतालाई दुर्लभ आध्यात्मिक ग्रन्थको संज्ञा दिँदै यसको उद्गम जनकपुरसँग जोडिएकाले संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।  उनले अष्टावक्र गीताका २९८ श्लोक अत्यन्त गहन रहेको उल्लेख गर्दै जनकपुरमा अष्टावक्र मन्दिर निर्माण र यस ग्रन्थलाई राष्ट्रिय कृतिका रूपमा घोषणा गराउने प्रयास जारी रहेको जानकारी दिए । 

अनुसिर्जक सुमी लोहनीले कोरोना महामारीका बेला अष्टावक्र गीताबाट प्रभावित भई आमपाठकका लागि सहज रूपमा बुझ्न सकिने गरी कृति तयार गरेको बताइन् ।  कृतिको समीक्षा गर्दै डा. रमा भट्टराईले यसलाई आत्मबोध र आध्यात्मिक चिन्तनका लागि उपयोगी कृति भएको उल्लेख गरिन् । 

साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको ‘अष्टावक्र महागीतामृत’ को मूल्य २४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए