नेभिगेशन
अर्थतन्त्र

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सका ४ अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) ले प्रदान गर्ने होलसेल बैंकिङ अवार्ड २०२६ र रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ४ विधामा सम्मानित भएको छ । बैंकले ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ विधामा होलसेल बैंकिङ अवार्ड प्राप्त गरेको छ । त्यसैगरी, रिटेल बैंकिङतर्फ ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ तथा ‘एसएमई बैंक अफ द इयर–नेपाल’ अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ । बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास र नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धतालाई थप पुष्टि गरेका छन् । बैंकले यस उपलब्धिमा निरन्तर विश्वास र साथ दिने सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै मुलुकको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्