नेभिगेशन
अर्थतन्त्र

ओप्पो ‘ए सिक्स एस प्रो’ नेपाली बजारमा, मूल्य ५६ हजार ९९९ रूपैयाँ

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, ५० मेगापिक्सेल अल्ट्रा–वाइड सेल्फी क्यामेरा, ७ हजार एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्जिङसहितको यो स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९९९ रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ । स्मार्टफोनमा ५० मेगापिक्सेलको १०० डिग्री फिल्ड अफ भ्यु (पीओभी) अल्ट्रा–वाइड फ्रन्ट क्यामेरा तथा ५० मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप रहेको छ । कम्पनीका अनुसार यसले स्पष्ट, प्राकृतिक र विस्तृत सेल्फी तथा तस्बिर खिच्न सहयोग गर्छ । फोनमा ६.५७ इन्चको एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम १,४०० निट्स ब्राइटनेस रहेको छ ।

यसले सहज स्क्रोलिङ, छरितो प्रतिक्रिया र जीवन्त दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ओप्पो ए सिक्स एस प्रोमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ । ७ हजार एमएएच ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्जिङको सुविधासहित आएको यो स्मार्टफोन करिब ६१ मिनेटमै पूर्ण चार्ज हुने कम्पनीले जनाएको छ ।

फोनमा आईपी६९के स्तरको पानी र धुलो प्रतिरोधी सुविधा, थ्रीडी डाइनामिक ग्लो डिजाइन तथा रेनो सिरिजबाट प्रेरित प्रिमियम डिजाइन भाषा समावेश गरिएको छ । यो स्मार्टफोन लुमिना फरेस्ट र इक्लिप्स ब्लू गरी दुई रङमा उपलब्ध छ । कम्पनीले लन्च अफरअन्तर्गत ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडेल खरिद गर्ने ग्राहकलाई दुई महिनाको रिप्लेसमेन्ट नीति पनि उपलब्ध गराएको छ । यो सुविधा जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म खरिद गर्ने ग्राहकका लागि लागू हुने जनाइएको छ । ओप्पो ए सिक्स एस प्रो ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक बिक्री केन्द्रमा ५६ हजार ९९९ रूपैयाँ मा उपलब्ध छ । ग्राहकले यो स्मार्टफोन सहज ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्