नेभिगेशन
अर्थतन्त्र

टेलिटकद्वारा पोको एम–८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक

काठमाडौं । टेलिटकले नेपाली बजारमा पोको एम–८ सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र सहज फाइभ–जी अनुभवलाई लक्षित गर्दै यी स्मार्टफोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । पोको एम–८ ५जी मा ७ हजार एमएएच क्षमताको ब्याट्री, ३३ वाट टर्बो चार्जिङ, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले तथा १४४ हर्ज रिफ्रेस रेट रहेको छ । यसमा स्न्यापड्रागन ६एस जेन३ प्रोसेसर जडान गरिएको छ । त्यसैगरी, पोको एम–८ प्रो ५जी मा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, ५० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। ६ हजार ५०० एमएएच ब्याट्री, १०० वाट हाइपरचार्ज तथा स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर यसका प्रमुख विशेषता हुन्। दुवै स्मार्टफोनमा पानी र धुलोबाट सुरक्षा दिने आईपी–रेटेड सुविधा उपलब्ध छ । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउँदै नेपाली उपभोक्तासम्म गुणस्तरीय स्मार्टफोनको पहुँच विस्तार गर्ने उद्देश्यले यी मोडेल सार्वजनिक गरिएको बताए । पोको एम८ ५जी को ६ जिबी ¥याम र १२८ जीबी भेरियन्टको मूल्य ३७ हजार ९९९ रुपैयाँ र ८ जिबी ¥याम र २५६ जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको  छ । पोको एम–८ प्रो ५जी (८÷२५६ जीबी) को मूल्य ५६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । दुवै स्मार्टफोनमा एक वर्षको आधिकारिक वारेन्टी, अधिकतम नौ महिनासम्मको ईएमआई सुविधा उपलब्ध छ। यी फोन टेलिटकका आधिकारिक शोरुम, अधिकृत विक्रेता तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्