साउन महिना भगवान शिवको पूजा तथा आराधना गर्ने महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको अन्तिम सोमबार पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।
नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ । हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको अन्तिम सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।