नेभिगेशन
अर्थतन्त्र

अटोमोबाइल उद्योगको उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘सीईओ फोरमः इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती, औद्योगिक विकासका सम्भावना तथा अटोमोटिभ उद्योगको वर्तमान अवस्थाबारे युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ तथा उद्योगीबीच विस्तृत छलफल भयो ।

नेपालको कर्पोरेट तथा औद्योगिक क्षेत्रको विकासमा योगदान पु¥याएका वरिष्ठ विज्ञहरूको सहभागिताले कार्यक्रमलाई थप सार्थक बनाएको बनायो । प्यानल छलफलमा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुतीका प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटाका प्रतिनिधि) तथा सिमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठ (बीवाईडीका प्रतिनिधि) प्यानलिस्टका रूपमा सहभागी थिए ।

कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए । कार्यक्रमको सुरुवातमा सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको उद्देश्य र रूपरेखाबारे जानकारी दिएकी थिइन् । त्यसपछि प्यानलिस्ट तथा सहजकर्ताको परिचयात्मक प्रस्तुतिपछि मुख्य प्यानल छलफल सञ्चालन गरिएको थियो । छलफलका क्रममा नेपालको अटोमोबाइल क्षेत्रका चुनौती, औद्योगिक विकासमा रहेका कानुनी तथा नीतिगत अवरोध, बदलिँदो बजारको प्रवृत्ति तथा वाणिज्य क्षेत्रमा देखिएका परिवर्तनबारे गहन विमर्श भएको थियो ।

खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि, सेवा तथा अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती, लगानीको वातावरण तथा अटोमोटिभ उद्योगको भावी दिशाबारे प्यानलिस्टसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । कार्यक्रमको समापनमा सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको महŒवपूर्ण योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । त्यसपछि सीएनआईवाइईएफका अध्यक्ष मायाको चिनो हस्तान्तरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्