नेभिगेशन
अर्थतन्त्र

नेप्सेका सीईओ चापागाईंद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । सीईओ चापागाईंले सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । उनले आफ्नो कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा गरेका हुन् ।

उनले सरकारको दबाब वा अन्य कुनै विषय नभई व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । सरकारले उनलाई २०८१ साल चैतमा नेप्सेको सीईओ नियुक्त गरेको थियो । सरकारले अध्यादेशमार्फत विगतका नियुक्त खारेज गरे पनि उनको पद कायमै थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्