नेभिगेशन
राजनीति

प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका कान्डाले शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेका हुन् । 
नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको जनाइएको छ ।
भेटका क्रममा अध्यक्ष कान्डाले विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका थिए । उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्