नेभिगेशन
अर्थतन्त्र

ऐन संशोधनका लागि वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई  सुझाव

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनका लागि तयार गरिएको मस्यौदामा आफ्नो आधिकारिक राय तथा सुझाव सरकारसमक्ष बुझाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनलाई समयानुकूल संशोधन गर्न गठन गरेको समितिले तयार पारेको प्रस्तावित संशोधन विधेयकको मस्यौदामा सर्वसाधारणको राय माग गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विस्तृत छलफलपछि आफ्नो सुझाव मन्त्रालयमा पेस गरेको जनाएको छ ।
संघका अनुसार पूर्वअध्यक्षहरू, शुभेच्छुक, विभिन्न घटक संस्थाका प्रतिनिधि, क्षेत्रीय तथा भेगीय समितिका प्रतिनिधि र संघको कार्यसमितिबीच भएको छलफलबाट संकलित सुझावलाई समेटेर संशोधन गर्नुपर्ने विषयहरू उल्लेख गरिएको प्रतिवेदन युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिवसमक्ष बुझाइएको हो । संघले व्यवसायीहरूको साझा धारणा र सरोकार समेटिएको उक्त सुझावले ऐनलाई व्यवहारिक, समयसापेक्ष तथा व्यवसायमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले सम्पूर्ण व्यवसायीलाई उक्त विषयमा जानकारी गराउँदै संघले व्यवसायीहरूको हित तथा वैदेशिक रोजगार क्षेत्रको सुधारलाई केन्द्रमा राखेर सुझाव पेस गरेको बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्