नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सामग्री सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । सहयोग बैंकको बढैयाताल शाखामार्फत प्रदान गरिएको हो ।

२०४५ मा स्थापना भएको  यो सामुदायिक विद्यालयमा १ हजार २०० विद्यार्थी अध्ययनरत छन् । तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् । विद्यालयमा आवश्यक सामग्रीको अभावले अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकले दृष्टिविहीन विद्यार्थीहरूलाई गुणस्तरीय ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ । साथै, दृष्टिविहीन विद्यार्थीको सिकाइमा उपयोगी हुने जेएडब्ल्युएस सफ्टवेयरयुक्त कम्प्युटर पनि विद्यालयलाई उपलब्ध गराइएको छ । बैंकले आगामी दिनमा पनि शिक्षा, सामाजिक विकास, आर्थिक सशक्तीकरण तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सिटिजन्स बैंकले हालै फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । त्यसैगरी, सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट, सिटिजन्स डिजी बैंक सेवा र फ्रिलान्सर लक्षित फ्रिलान्सर सेभिङ्ज अकाउन्ट जस्ता नयाँ सेवाहरू पनि सुरु गरेको छ ।

मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा पनि बैंकले सञ्चालनमा ल्याएको जनाएको छ । बैंक अफ द इयर सन् २०२४ र २०२५ को उपाधि प्राप्त गरिसकेको सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्