नेभिगेशन
अर्थतन्त्र

शोभा गुरुङको अध्यक्षतामा घरेलु तथा साना उद्योग महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छन् । ललितपुरमा सम्पन्न महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनले गुरुङको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । यसअघि महासंघको उपाध्यक्ष रहेकी गुरुङले केन्द्रीय महिला उद्यमी समिति अध्यक्षसहित महासंघका विभिन्न जिम्मेवारीमा काम गरिसकेकी छन् । महासंघको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षमा उमेशप्रसाद सिंह, वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्यनारायण अग्रवाल, साना उद्योगतर्फ यादवकुमार अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्धतर्फ हरिहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्यनारायण प्रजापती, कृषितर्फ चन्द्रबहादुर बुढा क्षेत्री र नवीकरणीय ऊर्जातर्फ गुणराज ढकाल निर्वाचित भएका छन् । महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डीसी र सहकोषाध्यक्षमा हेमविक्रम जीसी निर्वाचित भएका छन् । प्रदेश सदस्यतर्फ कोशीबाट गोपाल काफ्ले, शरणकुमार राई र रूपाकुमारी श्रेष्ठ, मधेशबाट उमेश दाहाल, नवीनकुमार यादव र पूर्णकुमारी कार्की चयन भएका छन् । बागमती प्रदेशबाट तारानिधि पोखरेल, रमेश ढुंगाना र पदमकुमारी कार्की तथा गण्डकी प्रदेशबाट गोपी अधिकारी र बिन्दु पोखरेल काफ्ले सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट बसन्त रोक्का क्षेत्री, रामचरण बीसी र प्रेमकुमारी पुन, कर्णाली प्रदेशबाट अजयबहादुर गिरी, रामकृष्ण चौलागाई र सुजता कँडेल तथा सुदूरपश्चिम प्रदेशबाट भीमबहादुर कुँवर र महेशप्रसाद दाहाल सदस्यमा चयन भएका छन् । खुला सदस्यतर्फ अमृतप्रसाद सिग्देल, अष्टमान महर्जन, कनैयालाल कसौधन, जंगबहादुर गिरी, पवन अधिकारी, प्रदीपप्रसाद उदय, फुर्वा दोर्जे शेर्पा, बसन्तकुमार महर्जन, विक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण ग्वाछा, शिवलाल गिरी, सितम भण्डारी र सूर्यबहादुर थापा निर्वाचित भएका छन् । महिला सदस्यमा उमाकुमारी खत्री, कमला बास्कोटा रिजाल, तुलसाकुमारी कँडेल, रूपादेवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लीलाकुमारी पाण्डे र शर्मिला अधिकारी चयन भएका छन् ।

वस्तुगत संघतर्फ कुमार कसजु श्रेष्ठ, ङिमा शेर्पा, ठाकुरप्रसाद न्यौपाने, रामकृष्ण श्रेष्ठ, रामहरि तोलाङ र रीता ढकाल दवाडी सदस्य बनेका छन् । एसोसिएट्सतर्फ इन्द्रबहादुर थापा क्षेत्री, खडक बोगटी, खोजराज कटुवाल, बसन्तकुमार पाण्डे र मन्दिरा महर्जन तथा सहकारीतर्फ अमृतबहादुर कार्की र कृष्णराम ग्वाछा निर्वाचित भएका छन्। नवीकरणीय ऊर्जातर्फ एबबहादुर मगर, कृष्णप्रसाद ढकाल, तेजनारायण ठाकुर, प्रकाशविक्रम बस्नेत र सुलोचना खतिवडा सदस्यमा चयन भएका छन् ।

यस्तै, केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षमा रीता अवाल निर्वाचित भएकी छन्। समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्ष (उद्यम व्यवसाय) मा शर्मिला खत्री, उपाध्यक्ष (संगठन) मा सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ र सचिवमा दीपा शाक्य निर्वाचित भएका छन् । महिला उद्यमी समिति सदस्यमा अर्चना सिलवाल कँडेल, इरा शर्मा प्रसाई, कुमारी राधिका ऐर, कृष्णाकुमारी पौड्याल, गीता सिम्खडा, पविता गिरी, प्रकृति खड्का, रीता भट्टराई, विमला थापा, सुमित्रा सापकोटा, सरिता श्रेष्ठ र सुजिता दुवाल बैदार चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो चयनलाई व्यक्तिगत सफलताभन्दा सम्पूर्ण उद्यमीहरूको विश्वासका रूपमा लिएको बताइन् । आफूलाई निर्विरोध रूपमा चयन गरिनुले सहकर्मी तथा उद्यमीहरूले महासंघलाई नयाँ ढंगले अगाडि बढाउने जिम्मेवारी सुम्पिएको अर्थ लाग्ने उनले बताइन् । केन्द्रीय महिला उद्यमी समितिकी नवनिर्वाचित अध्यक्ष रीता अवालले नयाँ नेतृत्वसँगै टिमवर्कको संस्कृतिलाई प्राथमिकता दिने बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्