नेभिगेशन
अर्थतन्त्र

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ क्याम्पेन सुरु

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ भन्ने मूल सन्देशसहित ‘प्यासेन्जर ३६०’ क्याम्पेन सुरु गरेको छ । कम्पनीका अनुसार जुन २०२६ देखि सुरु भएको यो अभियान सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहनेछ । कम्पनीले पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार तथा सहज सहरी आवागमनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ । यस अभियानमार्फत यात्रुले आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण पाउने तथा पारदर्शी र भरपर्दो मोबिलिटी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धता झल्किने कम्पनीको भनाइ छ ।

काठमाडौंजस्तो व्यस्त सहरमा ट्राफिक जाम, समयको चाप र सार्वजनिक यातायातको अनिश्चितताले दैनिक आवागमन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यात्रुहरू केवल सवारीसाधन मात्र नभई पारदर्शिता, सहजता र आफ्नो आवश्यकताअनुसार सेवा छनोट गर्ने स्वतन्त्रता पनि खोजिरहेको कम्पनीले जनाएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने यात्रु–केन्द्रित सेवा मोडल सञ्चालन गर्दै आएको जनाएको छ । नेपालमा सेवा विस्तार गरेयता इनड्राइभले यात्रुलाई आफैं भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू तुलना गर्न तथा आफ्नो आवश्यकता अनुसार चालक छनोट गर्न सक्ने सुविधा उपलब्ध गराउँदै आएको छ । यसले यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा यात्रुलाई सूचित निर्णय लिन सहयोग पुग्ने कम्पनीको दाबी छ ।

जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने ‘प्यासेन्जर ३६०’ अभियानअन्तर्गत ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ विषयवस्तुमा आधारित डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट–अफ–होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ । अभियानमा बिहान सबेरै काममा निस्कने कर्मचारीदेखि रातिसम्म आवतजावत गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी तथा स्वतन्त्र र आत्मविश्वासका साथ सहरमा यात्रा गर्न चाहने महिलासम्मका काठमाडौंवासीको दैनिक यात्राका अनुभवलाई समेटिने जनाइएको छ ।

प्रत्येक यात्रुको आवश्यकता फरक हुने भएकाले समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्न पाउनुपर्ने सन्देश अभियानले प्रवाह गर्ने कम्पनीको भनाइ छ । इनड्राइभका अनुसार यसको सेवा अवधारणा यात्रु र चालक दुवैलाई भाडादर तथा यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण र छनोटको अवसर प्रदान गर्ने सिद्धान्तमा आधारित छ । यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्ने, चालकले उक्त प्रस्ताव स्वीकार, अस्वीकार वा नयाँ प्रस्ताव गर्न सक्ने तथा दुवै पक्षको सहमतिपछि मात्र यात्रा अघि बढ्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले काठमाडौं तीव्र गतिमा अघि बढिरहेको सहर भएकाले यहाँका यात्रुले आफ्नो दैनिक आवागमनमा पारदर्शिता, भरपर्दोपना र लचकतालाई विशेष महत्व दिने बताइन् । विगतका वर्षहरूमा यात्रुले सहज यात्रा मात्र नभई स्पष्ट भाडादर, थप छनोटको अवसर र आफ्नो यात्रासम्बन्धी निर्णयमा आत्मविश्वास पनि खोज्ने गरेको अनुभवका आधारमा यो अभियान सञ्चालन गरिएको उनले बताइन् । उनका अनुसार ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ अभियानले नेपाली यात्रुलाई त्यही अनुभव प्रदान गर्ने इनड्राइभको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । कम्पनीले यस अभियानमार्फत अनुमानयोग्य तथा पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र दैनिक आवागमनमा सहज पहुँच प्रदान गर्ने प्लेटफर्मका रूपमा इनड्राइभको पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्