नेभिगेशन
साहित्य

साहित्यकार चालिसेको निधन

काठमाडौं । साहित्यकार तथा समाजसेवी ठाकुरप्रसाद चालिसेको मंगलबार बिहान निधन भएको छ । नेपाली साहित्यका प्रसिद्ध उपन्यास ‘लंगडी,’ ‘मेरो मित्र’ र ‘अठोट’ कथा संग्रह लगायतका बिभिन्न कृतिका सर्जक चालिसेको ७५ वर्षको उमेरमा आफनै निवास बौद्ध रामनगरमा निधन भएको हो । साहित्य सदन नेपाल, रामहिटी, रमेश विकल साहित्य प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका चालिसेको निधनप्रति दुःख व्यक्त गदै साहित्य र समाजसेवामा चालिसेको योगदानको स्मरण गरेको छ । राष्ट्रिय वाणिज्य  बैंकबाट सेवानिवृत्त उनका दर्जनौं लेख–रचना प्रकाशित छन् । चालिसेले गौतम बुद्धका अमृतवाणी धम्मपदको अनुवाद पनि गरेका थिए ।
२००८ साल पुसमा काठमाडौं ६ बौद्ध सुविगाउँ, सिमलटारमा जन्मेका चालिसेले अरुणोदय मावि, आरुबारी, महेन्द्र बौद्ध मावि, बौद्ध लगायतका शैक्षिक संस्थाहरुमा पनि सेवा गरेका थिए । उनका श्रीमती, एक छोरा, दुई छोरी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए