नेभिगेशन
अर्थतन्त्र

विनियोजन विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ बहुमतले पारित भएको छ । उक्त विधेयक कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सदनमा पेस गरेका थिए । यसअघि उक्त विधेयकमा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा र सपना दर्जीले बेग्लाबेग्लै शीर्षकमा खर्च कटौतीका लागि गरेको  प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
यसैगरी, ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री लिथेपले उक्त विधेयक सदनमा प्रस्ताव गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्