नेभिगेशन
अर्थतन्त्र

न्युरोडको ताम्राकार हाउसमा शाओमीको नयाँ सर्भिस सेन्टर सञ्चालन

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौं तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ । 
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेयरेबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरेबल्स (इयरफोन तथा हेडफोन) तथा आइओटी (इन्टरनेट अफ थिङ्स) उपकरणहरूको मर्मत, प्राविधिक सहयोग र बिक्रीपछिको सेवा उपलब्ध हुनेछ । साथै, मर्मतका क्रममा शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स प्रयोग गरिने भएकाले ग्राहकले भरपर्दो र गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीको दाबी छ । उक्त सर्भिस सेन्टरको सञ्चालन शारदा ग्रुपअन्तर्गतको कम्पनी वत्सल इम्पेक्स प्रालिले गर्नेछ । शाओमी ब्रान्डका लागि आधिकारिक सेवा प्रदायकका रूपमा वत्सल इम्पेक्सले लामो समयदेखि बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । 
सर्भिस सेन्टर उद्घाटनका अवसरमा वत्सल इम्पेक्सका निर्देशकद्वय गौरव शारदा र नितेश कुमार मुन्द्राले काठमाडौंमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले शाओमीका ग्राहकलाई अझ छिटो, सहज र विश्वसनीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । 
उनीहरूका अनुसार सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरूको टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गर्नेछ । ग्राहकले तत्काल प्राविधिक परामर्श तथा आवश्यक मर्मत सेवाका लागि सिधै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन् । कम्पनीले सर्भिस सेन्टर सञ्चालनको अवसरमा ग्राहकका लागि आकर्षक छुट तथा विशेष अफरसमेत छिट्टै सार्वजनिक गरिने जनाएको छ । यससम्बन्धी थप जानकारी शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्