नेभिगेशन
अर्थतन्त्र

सामुदायिक विद्यालयलाई कुमारी बैंकको स्मार्ट टेलिभिजन सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । जिल्लाको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरेको उक्त कार्यक्रमको उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्धन गर्नु, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु तथा गुणस्तरीय शिक्षाको अवसर सुदृढ बनाउनु रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार भौगोलिक विकटताका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा स्मार्ट टेलिभिजन उपलब्ध गराइएपछि शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बन्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमअन्तर्गत मानाकोट माध्यमिक विद्यालय (गौमुल–५), जनज्योति माध्यमिक विद्यालय (गौमुल–२), अम्लिश माध्यमिक विद्यालय (गौमुल–१), फूलपाता माध्यमिक विद्यालय (गौमुल–२), किर्तिचौर माध्यमिक विद्यालय (गौमुल–६) र बालविकास माध्यमिक विद्यालय (गौमुल–३) लाभान्वित भएका छन् । कुमारी बैंकले शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार भएको उल्लेख गर्दै ग्रामीण र शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर तथा स्रोत–साधनको असमानता न्यूनीकरण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । बैंकका अनुसार उपलब्ध गराइएका स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीले डिजिटल शैक्षिक सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित सिकाइमा सहज पहुँच पाउनेछन् ।

बैंकले यस सहयोगबाट दुर्गम क्षेत्रका विद्यार्थीले पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्ने तथा स्थानीय तहमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ । ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल नाराअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०४ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजको दिगो विकासमा योगदान पु¥याउने प्रतिबद्धता दोहो¥याएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्