नेभिगेशन
राजनीति

कांग्रेस नीति तथा प्रतिष्ठानमा ६ संयोजक चयन

पाटन (ललितपुर) । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन भएका छन् । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउन आइतबार ६ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेका हुन् । 
अपांगता संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको शर्माले बताए । 
यस्तै सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्लेलाई संयोजकको जिम्मेवारी दिइएको छ । उपसभापति शर्माको अध्यक्षतामा गत बिहीबार र शुक्रबार बसेको बैठकको निर्णयानुसार उपसमितिको संयोजक तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले उपसमिति संयोजकहरुको मनोनयनका साथै प्रतिष्ठानको आगामी कार्यदिशा र विविध विषयमा समेत महŒवपूर्ण निर्णय गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्