नेभिगेशन
अर्थतन्त्र

हेल्दी होमको २१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपालको होलिस्टिक हेल्थ, एस्थेटिक्स तथा वेलनेस क्षेत्रमा अग्रणी संस्था हेल्दी होमले आफ्नो २१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीले दुई दशकभन्दा लामो यात्रामा ग्राहकको विश्वास, गुणस्तरीय सेवा र वेलनेस क्षेत्रमा गरेको योगदानलाई स्मरण गर्दै आगामी दिनमा नयाँ पुस्ताको नेतृत्वमा थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । वि.सं. २०६३ सालमा मोहन भुसाल र कृष्ण भट्टराईद्वारा संयुक्त रूपमा स्थापना भएको हेल्दी होमले हाल काठमाडौं र पोखरामा चार शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिइसकेका छन् । तौल व्यवस्थापन, बडी शेपिङ, छाला तथा कपाल विश्लेषणलगायतका सेवामार्फत हेल्दी होमले नेपालमा वेलनेस उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। कम्पनीले नेपालमै पहिलो पटक आधुनिक तौल व्यवस्थापन प्रविधि भित्र्याएर वेलनेस सेवाको अवधारणालाई नयाँ आयाम दिएको दाबी गरेको छ । वार्षिकोत्सव समारोहमा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा कम्पनीका लागि गौरवका साथै थप जिम्मेवारीको सुरुवात भएको बताए । ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवाप्रतिको प्रतिबद्धताले नै हेल्दी होमलाई आजको स्थानमा पु¥याएको उल्लेख गर्दै उनले नयाँ पुस्ताको नेतृत्वमा यही मूल्य र सेवाभावलाई अझ सशक्त बनाइने विश्वास व्यक्त गरे । यस्तै, प्रबन्ध निर्देशक मन्दिप भुसालले संस्थापकले निर्माण गरेको विरासतलाई आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवसँग जोडेर अगाडि बढाइने बताए। आगामी दिनमा सेवा विस्तार, नयाँ शाखा स्थापना तथा गुणस्तरीय वेलनेस सेवा देशभर पहुँचयोग्य बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत लक्की ड्रमार्फत विजेताहरूलाई नगद पुरस्कार, वेट लस कार्यक्रम, स्किन केयर ह्याम्पर तथा हेल्दी होम गिफ्ट ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी चरणमा नयाँ प्रविधि, सेवा विस्तार र वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा थप प्रभावकारी उपस्थिति कायम गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता दोहो¥याएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्