नेभिगेशन
अर्थतन्त्र

बेलो ब्लस स्टुडियोको शाखा अब काठमाडौंमा

काठमाडौं । प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियो सञ्चालनमा ल्याएको छ । नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीले नयाँ शाखासँगै अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौं शाखा सञ्चालनसँगै पोखराको लेकसाइड र न्युरोडमा रहेका सफल स्टुडियोको अनुभवलाई राष्ट्रिय स्तरमा विस्तार गरिएको हो। स्थापनाकालदेखि नै बेलो ब्लसले प्रिमियम नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, अत्याधुनिक ल्यास एक्सटेन्सन, नेल केयर सेवा तथा अन्तर्राष्ट्रिय सरसफाइ मापदण्डअनुसारको ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ । काठमाडौंस्थित नयाँ स्टुडियोलाई आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि र उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । दक्ष तथा प्रशिक्षित ब्यूटी प्रोफेशनलमार्फत ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराइने विश्वास कम्पनीको छ ।

व्यावसायिक सेवा विस्तारसँगै बेलो ब्लसले बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षामा पनि निरन्तर लगानी गर्दै आएको छ । पोखरास्थित एकेडेमीमा नेल टेक्नोलोजी, ल्यास आर्टिस्ट्री तथा व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यवहारिक तालिम सञ्चालन हुँदै आएको छ । कम्पनीले निकट भविष्यमा काठमाडौंमा पनि एकेडेमी स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। यसबाट दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा विशेषगरी महिलाको आर्थिक सशक्तीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । सन् २०२१ मा संस्थापक प्रिया गुरुङले आफ्नै घरको एउटा सानो कोठाबाट सुरु गरेको बेलो ब्लस आज प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ ।

पोखरामा सफल स्टुडियो सञ्चालन, एकेडेमी स्थापना र काठमाडौंमा शाखा विस्तारसम्मको यात्राले कम्पनीको निरन्तर विकासलाई प्रतिबिम्बित गरेको छ । स्टुडियो तथा एकेडेमीकी संस्थापक तथा निर्देशक प्रिया गुरुङले काठमाडौं शाखा सञ्चालन व्यवसाय विस्तार मात्र नभई नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्यतर्फको महत्वपूर्ण उपलब्धि भएको बताइन् । आगामी दिनमा उत्कृष्ट सेवा, नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै देशकै विश्वासिलो प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य रहेको उनले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्