नेभिगेशन
अर्थतन्त्र

नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीमा विशेष कार्यक्रम गरी एमएडब्लु ग्रुपका पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिको उपस्थितिमा नयाँ एसयूभीको औपचारिक अनावरण गरिएको हो ।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा उनीहरूले कुशाक केवल कारका प्राविधिक विशेषता तुलना गर्ने मोडल नभई वास्तविक ड्राइभिङ अनुभवलाई प्राथमिकता दिने चालकका लागि विकास गरिएको एसयूभी भएको बताए । कम्पनीका अनुसार नयाँ कुशाक १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध छ । यसमा ८–स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनको सुविधा दिइएको छ ।  

जसले सहज नियन्त्रण, द्रुत प्रतिक्रिया र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, पछाडिको सिटमा मसाज सुविधासमेत समावेश गरिएकाले यसले आफ्नो सेग्मेन्टमा युरोपेली स्तरको आराम उपलब्ध गराउने जनाएको छ । स्कोडा नेपालका अनुसार युरोपेली इन्जिनियरिङमा आधारित नयाँ कुशाकको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यसलाई विश्वस्तरीय ड्राइभिङ अनुभवलाई नेपाली ग्राहकको पहुँचमा ल्याउने प्रयासका रूपमा प्रस्तुत गरेको छ । ग्राहकको स्वामित्व खर्चलाई पनि प्रतिस्पर्धी बनाउने उद्देश्यले कम्पनीले ‘प्रमिस अफ १२’ सेवा योजना उपलब्ध गराएको छ । यसअन्तर्गत देशभर रहेका १२ वटा सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार सेवा लिन सकिनेछ ।

प्रत्येक १२ महिना वा १२ हजार किलोमिटरमा १२ हजार रुपैयाँको निश्चित शुल्कमा मर्मतसम्भार सेवा उपलब्ध हुने र यसमा कुनै लुकेको अतिरिक्त शुल्क नहुने कम्पनीले जनाएको छ । कार्यक्रममा अध्यक्ष विष्णुकुमार अग्रवालले युरोपेली इन्जिनियरिङलाई नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउनु नै कुशाकको मुख्य विशेषता भएको बताए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले उत्कृष्ट ड्राइभिङ अनुभव खोज्ने ग्राहकलाई कुशाक आफैं परीक्षण गरेर अनुभव लिन आग्रह गरे । नयाँ कुशाकको सार्वजनिकसँगै स्कोडा नेपालले चालक–केन्द्रित एसयूभी बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली इन्जिनियरिङ, आधुनिक प्रविधि र आकर्षक मूल्यको संयोजनले नयाँ कुशाकलाई आफ्नो वर्गमा प्रतिस्पर्धी मोडलका रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्