नेभिगेशन
अर्थतन्त्र

भोजन अर्याल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकार नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । अर्थमन्त्री वाग्लेले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् । 
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गरे । सो अवसरमा अर्थमन्त्री अर्यालले सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न अर्यालको विज्ञता, अनुभव र दक्षताबाट प्राप्त हुने सुझाव तथा योगदान महत्त्वपूर्ण हुने अपेक्षा व्यक्त गरे । 
नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले आफूलाई गरेको विश्वासलाई आफ्नो अनुभव, ज्ञान र दक्षतामार्फत नतिजामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए । स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण तथा वित्तीय परामर्श क्षेत्रमा सक्रिय छन्। उनको नियुक्ति अवैतनिक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्