नेभिगेशन
अर्थतन्त्र

‘विद्युत्मा लगाएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिनुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापा र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् पूर्वऊर्जामन्त्री  समेत रहेका उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् खपतमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । शिक्षा र स्वास्थ्यमा लगाइएको कर नलिने प्रधानमन्त्री वालेन्द्र शाहको निर्णयको स्वागत गर्दै थापा र घिसिङले ५० युनिटभन्दा बढी विद्युत् खपतमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका हुन् ।
बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझ्न पनि थापाले आग्रह गरेका छन् । त्यस्तै घिसिङले कर थपेर विद्युत खपतलाई निरुत्साहित गर्ने अवस्था सिर्जना गरेको उल्लेख गरेका छन् । स्वदेशी स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्दै आयातित इन्धनमाथिको निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग यस्तो कर व्यवस्था मेल नखाने उनको तर्क छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्