नेभिगेशन
अर्थतन्त्र

सुर्खेतमा लक्ष्मी कमर्सियल भेहिकल्सको ‘हिरोई’ स्कुल बस सार्वजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले नयाँ ‘हिरोई बीएस–६ स्कुल बस’ सार्वजनिक गरेको छ । कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरी यो ब्राण्डको स्कुल बस सार्वजनिक गरेको हो । नयाँ स्कुल बसको शुभारम्भ एसएमएल महिन्द्राका नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले संयुक्तरूपमा गरे ।

कम्पनीका अनुसार विद्यालय यातायातलाई सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यले नेपाली बजारमा ल्याइएको हिरोई बीएस–६ स्कुल बस नेपाल सरकारको विद्यालय बससम्बन्धी मापदण्डअनुसार ३६ देखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ । विद्यालयको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार उपयुक्त मोडल छनोट गर्न सकिने कम्पनीले जनाएको छ । यो बस बीएस–६ फेज–टु (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिएको हो । बसमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर र इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।

यी सुविधाले सुरक्षा, इन्धन दक्षता र सञ्चालन कार्यक्षमता बढाउने विश्वास कम्पनीको छ । साथै, बसमा फराकिलो सिट, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन दक्षता र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । विद्यार्थीको दैनिक यात्रालाई सुरक्षित, सहज र आरामदायी बनाउने गरी बस डिजाइन गरिएको कम्पनीको दाबी छ । कार्यक्रममा कम्पनीले ग्राहक तथा व्यावसायिक साझेदारसँग बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे अन्तरक्रिया गरेको थियो । सहभागीहरूले नयाँ उत्पादन र कम्पनीको सेवाप्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ । कार्यक्रममा स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्