नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकको प्रदेश बचत खाता सञ्चालनमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै ‘प्रदेश बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । स्थानीय पहिचान र क्षेत्रगत वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै बैंकले प्रदेशअनुसार छुट्टाछुट्टै बचत खाता सार्वजनिक गरेको हो । बैंकले कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेसका लागि मिथिला बचत खाता, बागमतीका लागि बागमती बचत खाता, गण्डकीका लागि फेवा बचत खाता, लुम्बिनीका लागि बुद्धभूमि बचत खाता, कर्णालीका लागि रारा बचत खाता र सुदूरपश्चिमका लागि खप्तड बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

डिजिटल बैंकिङ र बचत संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट खाता तथा मेरोसेयर दर्ता सुविधा प्राप्त गर्नेछन् । यसबाहेक अन्य आकर्षक सुविधासमेत उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकका अनुसार ‘प्रदेश बचत खाता’ मार्फत देशभर सहज, आधुनिक तथा डिजिटल बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यलाई थप मजबुत बनाइनेछ । हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्