नेभिगेशन
अर्थतन्त्र

आईजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच नगदरहित उपचार सेवा सम्झौता

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालबीच औषधोपचार बिमाअन्तर्गत नगदरहित (क्यासलेस) अस्पताल भर्ना सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि आईजीआई प्रुडेन्सियलको औषधोपचार बिमा खरिद गरेका ग्राहकले आफ्नो बिमालेखको सीमाभित्र जनमैत्री अस्पतालमा नगदरहित अस्पताल भर्ना (क्यासलेस हस्पिटलाइजेसन) सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

सम्झौतापछि आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले जनमैत्री अस्पतालका सेवाग्राहीलाई औषधोपचार बिमा खरिद गरी नगदरहित उपचार सेवाको लाभ लिन आग्रह गरे । उनले अस्पताल तथा यससँग आबद्ध सदस्यहरूले औषधोपचार बिमासहित आवश्यक अन्य निर्जीवन बिमा सेवा पनि आईजीआई प्रुडेन्सियलबाट प्राप्त गर्न सक्ने बताए । कार्यक्रममा जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको उल्लेख गर्दै आईजीआई प्रुडेन्सियलबाट बिमा सेवासम्बन्धी प्रक्रिया छिटो र सहज रूपमा प्राप्त भइरहेको बताइन् । आगामी दिनमा पनि बिमा सेवाको प्रभावकारी विस्तारका लागि कम्पनीसँग सहकार्यलाई निरन्तरता दिने उनले जानकारी दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्