नेभिगेशन
अर्थतन्त्र

सीजी मेरिडियाको वाशर–ड्रायर बजारमा

काठमाडौं । वर्षायाममा लगातारको वर्षा र घाम नलाग्ने अवस्थाले लुगा धुने र सुकाउने समस्या बढिरहेका बेला सीजीको प्रिमियम ब्रान्ड सीजी मेरिडियाले नयाँ फ्रन्ट लोड वाशर–ड्रायर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एकै मेसिनबाट लुगा धुने र पूर्ण रूपमा सुकाउने सुविधा दिने दाबी गर्दै यो उत्पादन विशेषगरी मनसुनका लागि उपयोगी समाधानका रूपमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार सीजीएमडब्लूडी १०७ डीडी मोडेलको यस वाशर–ड्रायरमा १० किलोग्राम लुगा धुने र ७ किलोग्राम लुगा सुकाउने क्षमता रहेको छ । मेसिनमा बेल्ट र पुलीको प्रयोग नगरिएको डाइरेक्ट ड्राइभ मोटर जडान गरिएको छ, जसले कम आवाज र कम कम्पनमा सञ्चालन हुनुका साथै विद्युत खपत पनि घटाउने कम्पनीको दाबी छ ।

मोटरमा १० वर्षको वारेन्टी प्रदान गरिएको छ । मनसुनमा लुगा नसुक्ने, ओसिलो गन्ध आउने तथा ब्याक्टेरिया र ढुसीको संक्रमण बढ्ने समस्यालाई ध्यानमा राखेर यसमा स्मार्ट ड्राइङ प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ । यो प्रविधिले बाहिरको मौसम जस्तोसुकै भए पनि मेसिनभित्रै लुगा पूर्ण रूपमा सुकाइदिने भएकाले सिधै लगाउन वा दराजमा राख्न सकिने कम्पनीको भनाइ छ । स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै मेसिनमा सिल्भर आयन (एजी प्लस) कीटाणुनाशक प्रविधि तथा अल्ट्राभायोलेट प्रकाशमार्फत कीटाणु नष्ट गर्ने प्रणाली जडान गरिएको छ । साथै, ढोकाको रबरमा ढुसी र ब्याक्टेरिया जम्न नदिने एन्टी–ब्याक्टेरिया ग्यास्केट पनि राखिएको छ । यस वाशर–ड्रायरमा अटो डोज प्रणाली रहेको छ, जसले लुगाको तौल र फोहोरको मात्राअनुसार आवश्यक डिटर्जेन्ट स्वतः प्रयोग गर्ने सुविधा दिन्छ । यसले प्रत्येक पटक साबुनको मात्रा छुट्टै हाल्नुपर्ने झन्झट हटाउने कम्पनीको दाबी छ ।
त्यसैगरी, सुपर स्पा र जेट स्प्रे प्रविधिले लुगाको रेसा–रेसासम्म पुगेर जिद्दी दाग हटाउने तथा कपडालाई सफा र चम्किलो बनाउने जनाइएको छ। इन्टेलिजेन्ट वासिङ प्रणालीले कपडाको प्रकारअनुसार पानीको मात्रा र धुने समय स्वतः निर्धारण गर्ने सुविधा प्रदान गर्छ । साथै, फोम सेन्सिङ तथा हटाउने प्रणालीले अत्यधिक फिँज बनेमा त्यसलाई स्वतः नियन्त्रण गर्ने क्षमता राखेको कम्पनीले जनाएको छ । आकर्षक गाढा खरानी रङमा उपलब्ध यस वाशर–ड्रायरमा ५२० मिलिमिटर आकारको ठूलो ढोका राखिएको छ, जसले ठूलो परिमाणमा कपडा राख्न सहज बनाउने कम्पनीको भनाइ छ ।

सीजीका अनुसार नयाँ वाशर–ड्रायर देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रमार्फत खरिद गर्न सकिनेछ । कम्पनीले यो उत्पादनले ग्राहकको समय, श्रम र ऊर्जा बचत गर्दै मनसुनमा पनि सहज र झन्झटमुक्त जीवनशैलीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्