नेभिगेशन
अर्थतन्त्र

युरोमनी अवाड्र्समा नबिल बैंकलाई तीन अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंक लिमिटेडले विश्वप्रसिद्ध युरोमनी अवाड्र्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको जनाएको छ । बैंकका अनुसार यी अवार्डहरूले नबिल बैंकको सुदृढ वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी प्राथमिकतासँगै साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धनमा पु¥याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएका हुन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यी सम्मान ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारले बैंकप्रति देखाएको विश्वासको प्रतिफल भएको बताए । उनका अनुसार उक्त उपलब्धिले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता बैंकको रहेको उनले बताए । युरोमनी अवाड्र्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ । यसले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादनमार्फत आफ्नो बजारमा प्रभाव स्थापित गरेका वित्तीय संस्थाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको वित्तीय सुदृढता, ग्राहककेन्द्रित सेवा, डिजिटल नवप्रवर्तन र समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ। ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको नेतृत्वलाई सम्मान गरेको छ ।

त्यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमलाई लक्षित वित्तीय सेवा, विशेष कर्जा योजना र परामर्शमार्फत उद्यमशीलता प्रवद्र्धनमा बैंकले खेलेको भूमिकालाई कदर गरेको हो । हाल नबिल बैंकले देशभर २६४ शाखा, ३१५ एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । ४ दशकभन्दा लामो बैंकिङ अनुभवसहित बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत समावेशी र दिगो आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्