नेभिगेशन
अर्थतन्त्र

आइक्यानमा नयाँ नेतृत्वको शपथ, व्यवसाय मूल्यांकन म्यानुअल–२०८३ सार्वजनिक

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले दशौं परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष तथा उपाध्यक्षले सपथग्रहण गरेका छन् । सोही अवसरमा संस्थाले व्यवसाय मूल्यांकन राष्ट्रिय सम्मेलन आयोजना गर्नुका साथै ‘आइक्यान भ्यालुएसन म्यानुअल–२०८३’ सार्वजनिक गरेको छ । महालेखापरीक्षक तोयम रायाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

महालेखापरीक्षक रायाले अध्यक्ष वाग्लेलाई शपथ गराएपछि अध्यक्ष वाग्लेले नवनिर्वाचित उपाध्यक्ष सिए हेमकुमार काफ्लेलाई शपथ गराएका थिए । समारोहमा निवर्तमान अध्यक्ष सिए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाले गरेका प्रमुख गतिविधि तथा उपलब्धिबारे जानकारी गराउँदै नयाँ नेतृत्वलाई अध्यक्षीय पदक हस्तान्तरणसहित औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बंगलादेशमा आयोजित दक्षिण एसियाली लेखा प्रतियोगिता–२०२५ तथा सार्वजनिक भाषण प्रतियोगिता–२०२५ का विजेता आइक्यानका विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै, महालेखापरीक्षक रायाले आइक्यानको परिमार्जित आधिकारिक लोगो पनि सार्वजनिक गरेका थिए । नयाँ लोगोले संस्थाको ब्रान्डिङ र संस्थागत पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्