नेभिगेशन
अर्थतन्त्र

ज्योति विकास बैंकको १८औं वार्षिकोत्सव

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँचसहितको बृहत वित्तीय सेवा तथा वित्तीय सूचना प्रवाहमार्फत समस्त नागरिकको जीवनमा सार्थक र दिगो समृद्धि ल्याउने मूल उद्देश्यका साथ २०६५ साल श्रावण ९ मा स्थापित सो बैंकले गौरवमय १८ वर्षको यात्रा पूरा गरिसकेको छ । बैंकको केन्द्रीय कार्यालयको परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्षहरु, भूतपूर्व सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत एवम् कर्मचारीहरूको उपस्थित रहेका थिए । 
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत विभिन्न प्रभावकारी कार्यक्रमहरूको घोषणा तथा सम्बन्धित संस्थाहरूसँग सम्झौता गरेको छ । बैंकले तिलगंगा इस्टिच्युट अफ अफ्थाल्मोलोजीसँगको सहकार्यमा ४० जना विपन्न तथा लक्षित वर्गका व्यक्तिहरुलाई निःशुल्क आँखादान शल्यक्रिया मा सहयोगको लागि सम्झौता गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्