नेभिगेशन
अर्थतन्त्र

ऊर्जामन्त्रीको ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा कँडेल नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयका अनुसार सल्लाहकारका रूपमा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, ऊर्जा व्यापार तथा पूर्वाधार विकाससँग सम्बन्धित नीतिगत सुधारमा रणनीतिक परामर्श प्रदान गर्नेछन् ।

साथै, आन्तरिक ऊर्जा क्षेत्रको सुधार, निजी क्षेत्रको लगानी प्रवर्धन तथा क्षेत्रीय ऊर्जा बजारसँग नेपालको एकीकरणलाई अघि बढाउने विषयमा समेत उनले भूमिका निर्वाह गर्नेछन् । कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन् ।

उनले हार्वर्ड विश्वविद्यालयअन्तर्गतको केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्व विषयमा विशेषज्ञतासहित सार्वजनिक प्रशासन (एमपीए) मा स्नातकोत्तर तथा नेदरल्यान्ड्सस्थित युनिभर्सिटी अफ ट्वान्टेबाट ऊर्जा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक तथा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी समय काम गरेको अनुभव रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्