नेभिगेशन
मनोरञ्जन

टिक्लिन् खुसी ?

बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवीको अन्तिम तथा ३०० औं फिल्म ‘मम’ २०१७ मा रिलिज हुँदा १७५.७ करोड भारूको व्यापार गरेर निर्माता बोनी कपुरलाई राहत दिएको थियो । श्रीदेवीले पनि यही फिल्ममार्फत राष्ट्रिय पुरस्कार जितेकी थिइन् । यतिबेला उनी सोही सफलताको स्वाद चाख्न निर्माता बोनी कपुरले सोही फिल्मको सिक्वल बनाउने तयारीमा छन् ।
बोनीकी कान्छी छोरी खुसी कपूर ‘मम २’मा मुख्य भूमिका निर्वाह गरिरहेकी छन् । आउँदो नोभेम्बर २०२६ मा सिनेमा हलमा रिलिज गर्ने तयारी भइरहेको छ । नोएडा र ग्रीसमा छायाँकन गरिएको यो फिल्ममा श्रीदेवी भूमिका नभए पनि उनको स्मरण गरिने बताइएको छ । 
खुसी कपूरले ‘द आर्चीज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । उनको भूमिका ठीकै मानिए पनि पछि रिलिज भएका दुई फिल्महरू ‘नादानियाँ’ र ‘लभयापा’ जस्ता फिल्महरू सुपर फ्लप बन्न पुगे । त्यसैले पनि ‘मम २’ लाई उनको करियरको प्रमुख मोड मानिएको छ ।
रिपोर्टहरूका अनुसार, फिल्मको प्रारम्भिक फुटेज हेर्ने एक स्रोतले खुशीको अभिनयमा उल्लेखनीय सुधार भएको बताए । खुशीमा यस पटक भावनात्मक गहिराइमा बढी देखिएको र केही अवस्थामा श्रीदेवीको झलक पनि देखिने उनको भनाई छ ।
फिल्ममा करिश्मा तन्ना र जिशु सेनगुप्ता पनि महŒवपूर्ण भूमिकामा देखिनेछन् । यो थ्रिलर फिल्म गिरीश कोहलीले निर्देशन गर्दैछन् । ‘मम २’मा पहिलो फिल्मको कथा जोडिएको छैन । बरु यसमा नयाँ कथा प्रस्तुत गरिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्